सुर्खेत, ३ मंसिर (जागरण) । सुर्खेतमा आपसमा शरीर जोडिएका दुई बालिका जन्मिएका छन् । वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा कालिकोटको रास्कोट नगरपालिका–५ सिउनाकी ललिता बुढाले ती दुई बालिकालाई जन्म दिनुभएको हो ।
२८ वर्षीया ललिताको अपरेशनमार्फत ती बच्चा निकालिएको बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले जानकारी दिनुभयो । बालिकाको तौल ३ किलो ६ सय ग्राम छ ।
शल्यक्रिया गरेर जुम्ल्याहा बालिका निकालिएको अस्पतालले जनाएको छ । डाक्टर केसीका अनुसार यो समस्या जटिल समस्या भएको भएपनि बच्चाको अबस्था सामान्य रहेको छ ।
फोटोः निरज ढकाल