यसै आर्थिक वर्षमा कर्णालीमा राष्ट्रिय परिचय पत्र वितरण सुरु हुने

काठमाण्डौँ, ४ मंसिर (जागरण) । सरकारले यसै आर्थिक वर्षभित्र कर्णाली प्रदेशका दुई जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने भएको छ ।
पहिलो पटक राष्ट्रिय परिचयपत्र बाड्न शुरु गरेको सरकारले यसै आर्थिक वर्षमा कर्णाली प्रदेशमा परिचयपत्र बाँड्न शुरु गर्ने भएको हो । कर्णालीमा सवैभन्दा पहिला सल्यान र जुम्ला जिल्लाबाट वितरण शुरु गरिनेछ ।
पाँचथरको फिदिम नगरपालिका ४ शान्तिपुरकी १ सय १ वर्षीया भगवतीदेवी भण्डारी परिचयपत्र दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले परिचयपत्र प्रदानको शुरुवात गर्नुभएको हो ।
आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनाका साथ अघि बढेको विभागले धमाधम काम भइरहेको जनाएको छ ।