स्थानिय सरकारः डुङ्गेश्वर गाउँपालिका अध्यक्षसँगको कुराकानी

स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्रीहरु प्रसारण र प्रकाशन शुरु गरेको छ । जसअन्तर्गत दैलेखको डुङ्गेश्वर गाउँपालिकाका प्रमुख उपेन्द्रबहादुर थापासँग जागरणकर्मी चाँदनी कठायतले गर्नुभएको कुराकानी प्रस्तुत छ ।


प्रस्तोताः निर्वाचित भईसकेपछि अहिलेसम्म तपाईँले गर्नुभएको मुख्य तीन वटा काम के के हुन् ?
पाहुनाः एउटा काम गाउँपालिकालाई संचालन कसरी गर्ने भनेर हामीले आन्तरिक कार्यविधी बनाएका छौँ, त्यसैगरी सुशासनलाई व्यवस्थापनका लागि पनि काम गरेका छौँ र भौतिक निर्माणको कामहरु पनि भाको छ ।
प्रस्तोताः आगामी वर्षका लागि योजना के के बनाउनुभाछ ?
पाहुनाः आगामी वर्षका लागि त्रिवर्षिय गुरुयोजना बनाउन लागेका छौँ जस्को लागि नितिगत ढंगबाट सडकको जस्तैः आन्तरिक करका कुराहरु, शिक्षा, स्वास्थ्य र सडक तथा सुशासनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना बनाएको छु । त्यसैगरी कृषितर्फ हेल्भिटाससँग साझेदारी कार्यक्रम गरिरहेका छौँ त्यसमा कृषिलाई ध्यानमा राखेर काम गर्नेछौँ ।
प्रस्तोताः तपाईँ आउँदा र जाँदाको तपाईँको डुंगेश्वर गाउँपालिकामा जनताले के फरक देख्न पाउनेछन् ?
पाहुनाः हामीले तथ्यांकगत ढंगबाट पहिले र पछिको विवरण राख्नेछौँ जनताले पनि मुल्यांकन गर्नेछन् । हामीले धेरै फरक देखाएर जाने सोचमा छौँ । अहिले हामीले लगाएको आँप पछि फल्नेछन्, लगानी गरेको ठाउँमा उपलब्धी देख्न पाउनेछन्, सुशासन कायम हुनेछ, समृद्ध गाउँपालिका बन्नेछ भन्ने मेरो आशा छ ।
प्रस्तोताः काम गर्ने क्रममा कस्ता चुनौतिहरु खेपिरहनु भाछ ?
पाहुनाः चुनौतिहरु त छन् नै पहिले र अहिलेमा  धेरै फरक पनि छ । हिजोको कुराहरुमा भाषण मात्रै हुने हुन्थ्यो भने अब काम गर्ने बेला आएको छ यतिबेला अफ्ठ्यारो त छ नै । जनताका महत्वाकांक्षि चाहानाहरु छन् ति चाहाना पुरा गर्न समस्या त छ नै तैपनि काम भने हामी गर्छौँ, गाउँपालिकाको समृद्धिका लागि हामी लाग्नेछौँ ।