सुर्खेत, ६ मंसिर (जागरण) । कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक बर्ष २०७५/०७६ को बजेट कार्यन्वयनको तयारी तिब्र बनाएको छ ।
बजेट कार्यन्वयनका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बजेट कार्यन्वयनका लागि आवश्यक दर्जन भन्दा बढी कार्यबिधि पनि बनाईसकेको छ ।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा विदाको दिन पनि आवश्यक कार्यविधि निमार्ण गरि वजेटलाई कसरी लक्षित वर्गमा पुरयाउने भन्ने वारेमा छलफल चलाइरहेको भुमी व्यबस्था कृर्षी तथा सहकारी मन्त्री विमला केसीले वताउनुभयो ।