फजुल खर्च गर्नेलाई नगर प्रमुखको चुनौति, काठमाण्डौँकोे कार्यक्रम वहिष्कार (भिडियो सहित)

दैलेख, ७ मंसिर (जागरण) । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सुर्यबहादुर शाहीले काठमाण्डौँको होटेल ह्यात रिजेन्सीमा आयोजना हुने शान्ति तथा पारिवारिक महोत्सवमा सहभागिता नहुने घोषणा गर्नुभएको छ ।
नेपाल सरकार÷संघिय संसद तथा युनिमर्सल पीस फेडेरेसन नेपाल र विश्व शान्ति तथा एकिकृत परिवारसंघले यही मंसिर १६ गते आयोजना गरेको महोत्सवमा सहभागि नहुने घोषणा गर्नुभएको हो ।

‘पालिकाका प्रमुख, उप–प्रमुख एकै समयमा पालिका नै खाली हुनेगरी कार्यक्रममा सहभागी हुन न्यायचित हुदैन ।’ कार्यक्रममा ७५३ पालिका तथा ७७ जिल्लाका प्रमुख, उप–प्रमुख, सातै प्रदेशका प्रदेश सभा सदस्यह, प्रतिनिधि सभाका सदस्य दम्पीहरु र प्रदेश सरकार र केन्द्र सरकारका मन्त्री तथा सबैका दम्पती गरी ५ हजार भन्दा धेरैको सहभागिता हुन्छ ।’ ‘यो कार्यक्रममा सहभागी हुन पालिकाले आउने–जाने खर्चको व्यवस्थापना आफै गर्नुपर्ने रहेछ ।’ ‘यो कार्यक्रममा सहभागि हुने खर्च बचाएर जनताको समस्यालाई समधान गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो ।
‘यता जनताले खानेपानी पाएका छैन, ‘महोत्सवमा गएर खर्च भन्दा जनताको दैनिक भोग्दै आएको खानेपानीको समस्यालाई यही रकमबाट समधान गर्न सकिन्छ’ उहाँले भन्नुभयो । साथै परिवारिक महोत्सवमा खर्च हुने रकमबाट सातै प्रदेशको डि.पि.आर, गुरुयोजना निर्माण गर्न सकिने उहाँको धारणा छ ।
हेर्नुहोस् भिडियोः

यस कारणले बहिष्कार गरे चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले काठमाडौँको ह्यात रिजेन्सी होटेलमा आयोजना गरिएको शान्ति तथा पारिवारिक महोत्सवको ।

Posted by Madan BK on Thursday, 22 November 2018