पर्यटन प्रर्वद्धनका लागी सकारात्मक साेंच

दिपक जैसी ।
वास्तवमा पर्यटन नै नेपालको आर्थिक उन्नतिको मेरुडण्डको मुख्या आधार हो भन्ने कुरा अहिले नेपाल सरकारले गरेको पर्यटन सम्वन्धि नयाँ पर्यटकीय गन्तव्यहरू सार्वजनिक हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषित कार्यक्रम मार्फत नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न एक सय नयाँ गन्तव्यहरु सार्वजनिक गरेको छ । सरकारले घोषणा गरेका एक सय नयाँ पर्यटकीय स्थलहरुलाई अझ बलियो पर्यटनको उर्वर भुमीको रुपमा विकास गर्न व्याबस्थित बनाउन र पर्यटन प्रर्वद्धनका लागी सकारात्मक साेंचको महत्वपुर्ण स्थान रहन्छ ।नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्र कै एक महत्वपूर्ण प्राकृतीक सम्पदाले एकदमै धनी नेपाली प्राकृतिक सौन्दर्यता स्वास्छ हावापानि हराभरा वन जङ्गल कलकलाउदा खोला नाला तालतलैयाका साथ कुहुकुहू कोइलिको आवाज डाँफे मुनाल साथमा लालीगुराँसले मनमोहक तुल्याउने प्राकृतिक स्पर्सका लागी पर्यटन नेपालमा आगमन हुन्छन् प्रकृतिसंग रमाउदै गर्दा उनिहरुलाई भावनालाई उजागृत गर्दै देशमा भएको स्रोत र साधनलाई उचितप्रयोग गरी पुर्वाधार निर्माणमा विशेष ध्यानदिने पर्यटन श्रेत्रको बिकासको लागी लागीपर्ने ।
विभिन्न कला संस्कृतिहरु र सुन्दरतम प्रकृतिले भरिपुर्ण देशलाई बिश्व सामु चिनाई सकारात्मक साेंचका साथ आर्थिक विकासको पाटो पर्यटन क्षेत्रको बिकास गर्न उत्कृष्ट गन्तव्य स्थलहरुको रुपमा रहेको नेपाल जहाँ प्राकृतिक सौन्दर्यता जैविक विभिधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागी अग्र स्थानमा रहेको सर्वोच्च सिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, पबित्रर्धािमक स्थल पशुपतिनाथ, जनकपुरधाम लगाएतका हजारौं पर्यटकिय स्थलहरु अवस्थित नेपाल पर्यटन प्रर्वद्धन र बिकासका लागी पर्यटक आगमनको पहिलो र महत्वपूर्ण कुरा हुन जान्छ । भन्ने गरिन्छ सन् २०११ र २०१२ कुलग्रार्हस्थ उत्पादन बृद्धिदर नकारात्मक रहेका पाराग्वेको अर्थतन्त्रअहिले पर्यटन कै कारण सकारात्मकहुदै गइरहेको छ । उन्नतिको मुख्य आधार भएकोले अथिति देव भव को भावनालाई उजागृत गर्दै देशमाभएको स्रोत र साधनलाई उचित प्रयोग गरी पुर्वाधार निर्माणमा विशेष ध्यान दिएमा पर्यटन श्रेत्रको बिकासको लागी सकारात्मक सोंच हुन जरुरी हुन्छ । देशको प्रमुखबलियो खम्बाको रुपमा रहेको वामानिएको पर्यटन ब्याबसायलाई मुर्त रुप दिन र यस ब्याबसायलाई प्रवर्द्धन गर्न प्रचार प्रसार प्राथमिकताका साथ अगाडी बढाएमा नेपालको पर्यटन गन्तब्य सेवा सुबिधा मौलिकता बिश्वब्यापी प्रसार र प्रचारको रणनितिक बनाउनु पर्दछ । प्रमुख आयश्रोत मानिने पर्यटन ब्यबसायले समृद्धीको गोरेटो तय हुनेछ । पर्यटन ब्यबसायलाई फराकिलो मजबुत राष्टिय तथा अन्र्तराष्टिय स्तरमा पुर्याउनको लागि नेपाल सरकारले सन २०२० सम्ममा २० देखी ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । जुन लक्ष्यमा पुर्याउनका लागि पर्यटन सम्बन्धि ठोस निति कार्यक्रम ल्याउनमा पनि सरोकारवालाको ध्यान गहनताका साथ अघि बढाउन संचारको महत्वपुर्ण भूमिका रहन्छ । पर्यटन बिकासको पैचुर सम्भावना रहेको नेपाल अन्र्तराष्टिय जगतमा पर्यटन प्रर्वधन गर्न त्यसमापनि अझ पर्यटन क्षेत्रलाई बिस्तार र व्यबस्थि तगर्नका लागी सकारात्मक साेंचको महत्वपुर्ण खाचो हुन्छ ।
पर्यटकहरुले सकारात्मक अनुभवलिएर स्वदेश फर्किने वातावरण वनाउनु पर्दछ । नेपालको पर्यटन व्यबसायले सबै नागरिकको जिबिकापार्जन र रोजगारीको अवसर प्राष्तहुने भएकाले यसको बिकासमा सबै नागरीक र राजयलाग्नु पर्दछ । असम्भव मानिएका वस्तु गरेर नै सम्भव भएको हो । अन्य देशमा मानिसहरु चन्द्रमामा वस्ति बसाउन कसरत गरीरहेका छन्, समुन्द्र भित्रहोटल निमार्ण गरी सकेका छन्, नयाँ नयाँ प्रविधी अपनाईरहेका छन् भने हामीले पर्यटन व्यबसायलाई सकारात्मक सोंचका साथ अगाडी बढाई नेपाललाई बिश्वमा सबै भन्दा सुन्दर प्राकृतिक देशको रुपमा चिनाउन सक्छौ । सामाजिक विविधता एवं एतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्वपर्यटन मानचित्रमा प्रमुख पर्यटकीय स्थलहरुलाई बिश्वसामु चिनाउनका लागी हामीहरु लागी पर्नु पर्ने हुन्छ । जसरी मानविय आवस्यकता परिपुर्ति गर्न चाहिने गास वास कपासका लागी मानिसले परिक्षम गरेकै हुन्छ, सिफारिस पनि गरेकै हुन्छ, बस्तु प्रयोग र त्यसबाट सन्सुष्टिको सिफारिसको आधारमा मानबिय सन्जालको अथवा प्रयोगकर्ता बिकास गरी प्राप्तहुने बिभिन्न अवसर, हरेक क्षेत्रमा समान रुपले हरेक समुदाय प्रति लक्षित गरी उनिहरुको आर्थिक, भौतिक र स्वास्थ्यमा महत्वपुर्ण योगदान पनि दिने काम सिफारिस पद्धति ले गरेको हुन्छ त्यस्तै पर्यटन व्यबसायमा सकारात्मक सोंचका साथ सिफारिस पद्धतिअनुरुप हामी अगाडी बढेमा बिदेशी मुद्रा आर्जन गरी रोजगारी मुलक समाज निमार्ण गर्न सक्छौँ ।
फलस्वरुप सकारात्मक सोंचका साथपर्यटन क्षेत्रलाई वढायौ भने प्राकृतिक सौन्दर्यको अनुभुती पर्यटकलाई दिन सके हामी नेपालीहाम्रो नेपाललाई बिश्वकै धनी देश बनाउनमा दुईमत छैन । त्यस्तै पर्यटन बिकासका लागी विस्तृत योजना निमार्ण गरी नेपालको भौगोलिक प्राकृतिक स्रोत साधन जनशक्तिको अध्ययन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिन निति अवलम्वन गरी सकारात्मक साेंचका साथ अगाडी बढेमा बिदेशीमुद्रा आर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छ ।
वास्तवमापर्यटन प्रर्वद्धनका र सम्वर्धन गरी सोंचलाई परीवर्तन गरी जसरी आजमलेसीयाताईवानचिन जस्ता देशको काठको चर्चा हुन्छ ति देशले काठ वेचेर ठुलो प्रगती गरेका छन् । बिश्वमा कहलिएका छन् तर नेपालमा बिश्वमा नै नपाईने तर नेपालमापाईने जडिवुडीबहुमुल्य काठ दाउरा वालेर कुहिएर गईरहेका छन् । फलस्वरुप राज्य कै स्वामित्वमा काठ र जडिबुडी उद्दोग स्थापना गरेर काठका सामान निर्माण गरी निर्यात गरेमा देशमा रोजगारी सिर्जना भई आत्मनिर्भर नेपाली जनता हुने कुरा सवैको मानस पटलमा रहीरहेको छ, जुनसुकै देशको बिकाशमाबिभिन्न क्षेत्रको अहम् भुमिका रहन्छ । राजनितिक, धार्मिक, आर्थिक, सामाजिक, साँस्कृतिक ,र पर्यटकीय सो क्षेत्रको विकासका लागी सकारात्मक सोंचको महत्वपुर्ण स्थान रहन्छ। पर्यटन व्यबसायले नै राष्ट्रको अर्थतन्त्रलाई दिगो सवल र सक्षम बनाई राष्ट्रको उन्नती हुन्छ गन्तव्यस्थलको रुपमा चिनिन्छ। सकारात्मक सोंच भनेको सबै क्षेत्रमा महत्वपुर्ण हुने पाटो हो जसको कारण पर्यटन व्यबसाय मात्रै नभई समाजका हरेक तह र तप्कामा उक्त कुराको खाँचो हुन्छ । नेपालमा आउने पर्यटकहरुले नेपालको सकारात्मक प्रचार प्रसार गरे भने नेपालमा पर्यटकहरुले संख्यामा बृद्धि भई रोजगारी सिर्जना हुनगई देशकायुवा देशमै रहने कुरामा दुईमत नै छैन ।