सिवाइसी र महेन्द्रनर विजयी

कैलाली, १८ चैत (जागरण) । कैलालीको धनगढीमा जारी दोस्रो रुस्लान धनगढी प्रिमियर लिगको आज भएका खेलमा सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाईटेड विजयी भएका छन् ।
पहिलो खेलमा टस हारेर फिल्डिङ्ग गरेको अत्तरियाले १५ दशमलव २ ओभरमा रुपन्देही च्यालेन्जर्सलाई ६१ रनमा अल आउट गरेको हो ।
६२ रनको झिनो विजय लक्ष्य सिवाईसी अत्तरियाले १ विकेटको नोक्सानीमा ७ दशमलव ३ ओभरमा पुरा गर्दै विजयी भएको हो ।
प्रतियोगितामा चार ओभरमा १५ रन खर्चेर ४ विकेट लिनुभएका सिवाईसी अत्तरियाका कमल सिंह ऐरी म्यान अफ दी म्याच घोषित हुनुभयो ।
यस्तै, आजै भएको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्सलाई ३३ रनले पराजित गरेको छ ।