सुर्खेत ९, मंसिर( जागरण) ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान आजदेखि सुरु हुँदैछ । लैगिंक हिंसा र दुव्यहारः छैन हामीलाई स्वीकार भन्ने नारासहित यसवर्ष पनि मनाइएको १६ दिने अभियान आजदेखि सुरु हुन लागेको हो ।
यस अवसरमा आज अन्तरक्रियालगायत विभिन्न कार्यक्रमहरु आयोजाना हुँदैछन् । यस अवधिमार सरकारी तथा गैर सरकारी संस्थाहरुले विभन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गनेै गर्दछन् । कर्णाली प्रदेशका सबै जिल्ला लगायत देशै भर विभिन्न कार्यक्रम गर्दैछन् । स्थानीय तहहरुले पनि कार्यक्रमको आयोजना गर्ने दैछन् ।
कर्णाली प्रदेश सकारले यस अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । आज विहान १० बजे वीरेन्द्रनगरमा प्रदेश सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । आज हिसां विरुद्दको प्रतिकको रुपमा वीरेन्द्रनगरमा व्यक्तिहरुलाई सेतो रिवन वितरण गर्ने महिला तथा बालबालिका महाशाखाकी महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो । हि)सा गर्दै हिंसा सहदैन् र हिंसा देखेमा प्रतिकार गर्छु लेखेको सेतो रिवन वितरण गर्ने उहाँलेब बताउनुभयो ।
यस्तै आज नै बालश्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रमको पनि आयोजना गरिएको छ । आज नै सामाजिक प्रदेश सभा सचिवालले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।