प्रेम पाण्डेय ।
सार्थक ज्ञान र समचेतना प्राप्तिको निम्ति ज्ञान सागरमा हाम फालेर पौडिन प्रयत्न गर्ने व्यक्ति हो ‘विद्यार्थी’। गुरुको दिक्षा आर्जन भएको तब मानिन्छ जब सिकारुको व्यवहारमा आर्जित ज्ञानले केही सकारात्मक परिवर्तन ल्याउदँछ। ज्ञान हासिल गर्ने सिलसिलामा व्यक्तिमा फरक–फरक चेतनाको अनुभुति हुने गर्दछ।
केही कुराको सम्बन्ध स्वंयम् व्यक्तिका निजि दायराभित्र अटाउँछन् भने केही त्यस्ता सम्बन्ध हुन्छन्, जुन समाज र सामाजिक घटना र परिवेशसँग जोडिएका हुन्छन्। व्यक्ति समाजमा सामाजिकरण हुन् कुनै एउटै पक्षले मात्र सहयोग गर्दैन्, त्यसमा विविध पक्ष जस्तैः सामाजिक, राजनीतिक, आर्थिक, मनोवैज्ञानिक, समसामयिक घटनाक्रम आदि जस्ता ज्वलन्त पक्षको आवश्यकता पर्दछ। यी विविध पक्षहरु मध्येको एक प्रमुख पक्ष हो राजनीति। राजनीति समाजको ऐना हो, जस्तो समाज छ, त्यसकै प्रतिविम्ब प्रर्दशित हुन्छ।
विद्यार्थी राजनीति जसको सामान्य बुझाई हुन्छ, विद्यार्थीले गर्ने राजनीति वा राजनीतिक गतिविधिमा लागेका विद्यार्थीको समूह। यहीँ बुझाइलाई आधार मानेर भन्ने हो भने विगतबाट केही सिकी वर्तमानमा प्रगतिशील सोच, हक र अधिकारका सवाल तथा परिवर्तित विश्व जगतका समकालीन मुद्दाहरुलाई बहस र निष्र्कषमा पु¥याउन गरिने शैक्षिक क्रान्तिको अर्को नाम विद्यार्थी राजनीति हो। विगत लामो समयदेखि नेपाल आन्तरिक र बाह्य संकटमा फस्दै आयो र तत्पश्चात् जनताले आन्दोलन र क्रान्ति हुँदै यहाँ सम्म आइपुगेको छ।
यी बिचमा थुप्रै राजनीतिक एजेण्डा तथा परिकल्पनामाथि बहस र शैक्षिक आन्दोलन हुँदै आइरहेका छन्। राणाकाल, पञ्चायतकाल, बहुदल तथा गणतन्त्र प्राप्तिसम्मका विभिन्न क्रान्तिहरुमा विद्यार्थी नै हुन् आन्दोलनका मुल प्रवाह, राज्य र जनताबीचका पुल अनि बौद्घिक र शिक्षित सिपाही। क्रान्ति सफल पार्न बन्दुकले मात्र होइन एउटा प्रमुख हतियार त कलम हो, जुन विश्वका कैयौं इतिहासले पुष्टि गरिसकेको छ।
संसारका महान व्यक्ति जसले समाज परिवर्तन गरे, मानवीय चेतनालाई बृहत्त र फराकिलो बनाए, ती सबै विद्यार्थी थिए र विद्यार्थी कालबाटै दलगत राजनीतिमा प्रवेश गरेका थिए। कार्ल माक्स, माओ, लेनिन, नेल्सन मन्डेला र नेपालका वि.पि., पुष्पलाल, मदन भण्डारी आदि जस्ता महान हस्तीहरुका जीवनी पल्टाएर हेर्दा प्रष्ट हुन्छ। समाज रुपान्तरणको सपना विद्यार्थीले देखेको हुन्छ, रुपान्तरण गर्ने शैली र बाटाहरु मात्र फरक हुन सक्दछन्।
नेपालमा राजनीतिक–सामाजिक परिवर्तन भएसँगै शैक्षिक परिवर्तन पनि हुँदै आइरहेका छन्। व्यवस्था परिवर्तनका लागि जति भूमिका दल विशेषको हुन्छ, त्यतिनै ठूलो भूमिका भातृ संगठन, अझ यसमा विद्यार्थी संगठनको हुने गर्दछ। विद्यार्थी संगठनको इतिहास हेर्दा जीवित र गौरवपूर्ण रहेका छ। स्वतन्त्रता र परिवर्तनका निम्ति सामाजिक जनचेतना अभिवृद्घि गर्न पर्चा वितरण गर्ने र टाउकोमा कफन बाधेर सडकमा उत्रने पनि विद्यार्थी नेता कार्यकर्ता नै थिए। सहिद र घाइते हुनेहरुमा पनि बहुसंख्यक विद्यार्थी नेता कार्यकर्ताहरुको सूचीको लहर जीवन्त छ।
गुरुकुल शिक्षा प्रणाली हुँदै अहिलेको वैज्ञानिक ‘इन्फोटेक’ समयमा आइपुग्दासम्म शिक्षा र राजनीतिका परिभाषाहरु पनि समयक्रम सँगै परिवर्तित हुँदै आइरहेका छन्। पहिले स्वतन्त्रता, अधिकार प्राप्तिको क्रान्ति, त्यसपछि सँगै जोडिएर प्रमुख मुद्दा बन्यो ‘सबैले पढ्न पाउँनु पर्दछ’। यो आर्दश शब्दावली फेरिँदै सबैले गुणस्तरीय शिक्षा पाउनु पर्दछ र यस्तो किसिमको पाठ्यक्रम निर्माण गरि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान जनशक्ति उत्पादन गनुपर्दछ भन्ने माग अहिलेका विद्यार्थी संगठनहरुको रहेको छ।
यही हो समय र समाजको आवश्यकता अनुरुपको प्रगतिशिल चिन्तन। धेरै परिवेश र बहसमा एउटा सवाटल आइरहेको देखिन्छ त्यो हो अब विद्यार्थी राजनीतिको औचित्य छैन्। शैक्षिक क्रान्ति, राजनीतिक क्रान्ति सफल भएसँगै सफल भइसकेको छ। एउटा तर्क यो पनि सहि होला तर संविधानले प्रदत्त गरेका शिक्षा सम्बन्धी हक अधिकार सहजै कार्यान्वयनमा आउँछन् कि आउँदैनन् ? भन्ने गम्भीर प्रश्न यहाँनेर आउँछ। अब यहीँ प्रश्न विद्यार्थी संगठनहरुलाई लादिने निश्चित छ। संगठनहरुको प्रमुख चुनौती र अवसर पनि नयाँ शिराबाट थपिने देखिन्छ।
अबको विद्यार्थी राजनीति दूरदर्शी, समयसापेक्ष नहुने हो भने संगठनमा आवद्घ नेता कार्यकर्ताहरुको हालत अहिलेको ‘हुलाक सेवा’ जस्तै नहोला भन्न सकिन्न। विद्यार्थी संगठनको भावि कार्यदिशा व्यवहार तहमा सुदृढ र शिर्जनशील बन्दै जानुपर्दछ। नेतृत्व विकास, वौद्घिक निपूर्णता, खोजमूलक निरन्तर अध्ययन, अनुसन्धानको लागि संगठनमा आबद्घ नेतृत्व वर्ग चुक्नु हुँदैन्। एउटा अर्को ज्यादै महत्वपूर्ण पाटो हो, सहज जीविकोपार्जनका लागि व्यवसायिक आवद्घता।
राजनीतिलाई अनुशासित, स्वच्छ र मर्यादित बनाउन अबको नेतृत्वले उत्पादनमा जोड दिनु पर्दछ। झोला र झण्डाको राजनीति समयक्रमसँगै बदलिदैछ। राजनीतिका पहुँच, लाभ र दलगत संरक्षण पाउनेमा बढी तिनै छन् जो सँग पार्टी मुल नेतृत्वलाई रिझाउन सक्ने पैसा र हैसियत हुन्छ। यो हुनुमा सीमित व्यक्तिको मात्रै आर्थिक उत्पादन राम्रो हुनु र बहुसंख्यक पार्टी र संगठनमा नेता कार्यकर्ताहरु उत्पादनसँग नजोडिनु हो। अझ सोहीरुपमा प्रशिक्षणको कमी मान्न सकिन्छ।
सदाचरी चिन्तन तब सुरु हुन्छ जब व्यक्तिको दिनचर्या र जीविकोपार्जन सहज भैइरहको हुन्छ। यसको लागि विगतको संस्कृति एउटा नमूना बन्नु पर्दछ, जसबाट भाव राजनीति गर्ने शिक्षित युवाले केही अनुशरण गर्न सकुन्। अब यस्तो प्रशिक्षणको खाचो छ, कार्ल माक्सको अर्थशास्त्रलाई घोकेर होइन व्यवहारबाटै सिद्घ गर्न सकियोस्। कामप्रतिको सम्मान गर्न सक्ने जनशक्ति उत्पादन गर्न सकेको खण्डमा शैक्षिक बेरोजगारीमा कमी आउने निश्चित प्रायः छ।
अहिलेको विकसित विद्यालयतहदेखि विश्वविद्यालय तहसम्मको फरक–फरक उद्देश्यमा आधारित पाठ्यक्रम लागु भइरहेको छ। यसका साथै एउटै देशमा दुईखाले विभेदकारी शिक्षा पद्घति, सार्वजनिक र निजी पद्घति अवलम्बन गरी हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको खाडल बढ्दै गइरहको छ। यसले बजारमा दुईखाले जनशक्ति उत्पादन गरी शैक्षिक बेरोजगारीलाई प्रशय दिइरहेको पाइन्छ। पहुँचमा आधारित शिक्षा प्रणाली एक प्रमुख मुद्दा त छदै छ तर अब यतिले मात्रै सोचे अनुरुपको प्रगति हुन सक्दैन्।
उदाहरणका लागि त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणाली अन्र्तगतका विभिन्न कार्यक्रमहरुलाई लिन सकिन्छ। सेमेष्टर प्रणालीमा सबैको पहुँच पुग्नुपर्दछ भन्ने नारा त प्रिय बन्ला। यद्यपि त्यसभित्रका अन्र्तवस्तु, अझ भन्ने हो भने सेमेष्टर प्रणाली अन्र्तगत हुने गरेका अन्तराष्ट्रिय अभ्यास, चिन्तन र क्रियाकलापहरु हामीले उपयोग गर्न पाइरहेको छौं कि छैनौं भन्ने मुद्दा प्रमुख हो। त्यसैगरी प्राविधिक शिक्षालय तथा यससँग सम्बन्धित विभिन्न सतहमा आइरहेका चुनौतीहरुलाई कसरी पार लगाउने भन्ने कुरा विद्यार्थी संगठनहरुले सोचेर दिगो रुपमा हितकारी बनाउनुपर्दछ। खासगरी नेपालको शिक्षा प्रणालीलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाई विश्व बजारमा सम्मानजनक ढङ्गले बिक्न सक्ने बनाउनु् पर्ने एक मुख्य चुनौतिको रुपमा रहेको छ।
शिक्षा क्षेत्र भित्रको अनावश्यक राजनीतिक हस्तक्षेप, भ्रष्ट्राचार र ढिलासुस्ती अन्त्य रोक्न विद्यार्थीले आन्दोलन गर्नुपर्छ। आन्दोलनको नेतृत्व अब सशक्तरुपमा विद्यार्थी संगठनहरुले गर्नु पर्दछ। शिक्षा र राजनीति एक अर्कामा अन्तरसम्बन्धित छन्। विश्वका जति पनि देश सम्वृद्घ र समुन्नत छन् ती सम्पूर्ण देशको शिक्षा प्रणाली निकै सुदृढ छ। जब राजनीति धमिलो हुन्छ, त्यसको नकारात्मक असर शिक्षामा पनि पर्दछ। त्यसकारण दुवै पक्ष संग्लो बनाउने जिम्मेवारी अबको विद्यार्थी संगठनहरुले गम्भिरतापूर्वक लिनुपर्दछ।
अनुशासन, सृजनशीलता, अध्ययन–अनुसन्धान, राष्ट्रिय–अन्तराष्ट्रिय फोरमहरुसँगको निकटता भावी विद्यार्थी नेताहरुको पर्याय बन्नु पर्दछ। आन्तरिक वैमनष्यता, गुट–उपगुट, अराजकताबाट माथि उठेर समग्र समाज अनि देशलाई सकारात्मक छाप छोड्नको निम्ति आजैबाट सम्पूर्ण नेतृत्व पकीं तथा सरोकारवाला सबैका पाइला सुमार्गतर्पm अघि बढाउनु पर्दछ। pandeyprem64@gmail.com
(पाण्डेय, अनेरास्ववियु त्रि.वि. कीर्तिपुरका अध्यक्ष हुन्।)
अन्नपूर्णबाट