शाह पत्रकारीता पुरुस्कार पन्त र चलाउनेलाई

सुर्खेत,१२ मंसिर(जागरण)
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले हरेक वर्ष प्रदान गर्ने स्वर्गिय लोकेन्द्र शाह पत्रकारीता पुस्कारवाट जाजरकोटका दुइ जना पत्रकार पुरस्कृत भएका छन् ।
पाँच हजार रुपैयाँको पुस्कारबाट रेडियो नेपाल र सगरमाथा टेलिभिजनका पत्रकार बद्री पन्त तथा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका पुर्व सचिव लाल प्रभात चलाउने सम्मानित भहुनुभएको हो ।


नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको नवौं साधारण सभाको अवसरमा पत्रकारहरुलाई पन्त र चलाउनेलाई पुरस्कार वितरण गरिएको हो ।