सुर्खेत, १३ मंसिर (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजागार कार्यालय स्थापना गरिएको छ । श्रम तथा रोजगार, सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यालयको उद्घाटन गनुर््भएको हो ।
अब बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन कर्णालीका नागरिक काठमाण्डौँ जाने बाध्यता हटेको छ ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री विष्टले श्रम, रोजगारी, सामाजिक सुरक्षासंग जोडिका विषयमा काम गर्ने जानकारी दिनुभयो ।
उहाँले प्रदेशका नागरिकहरुका लागि सहजतको लागि कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले देशमा प्रशस्त स्रोत साधान भएकाले जनता अपेक्षा पुरा गर्न सरकार गम्भिर भएर लागिरहेको उहाँले बताउनुभयो ।
मन्त्री विष्टले बैदैशिक रोजगार सकारको प्राथमिकता नभएको भन्दै स्वदेशमै रोजगारी सृजना गर्न सरकारले गृहकार्य गरिरहेको बताउनु भएको छ । उहाँले अब सरकारले आउँदो वर्ष वर्षमा स्वदेशमै लाखाँै युवाहरुलाई रोजगार अवसर दिने गरी योजना सार्वजनिक गर्ने बताउनुभयो ।