आइडलको चर्चामा कर्णालीका ध्रुव, यसरी गरौँ भाेट (भिडियो सहित)

सुर्खेत, १५ मंसिर (जागरण) । नेपालकै विकट मानिने कर्णाली प्रदेश र कर्णाली प्रदेशको सुर्खेत जिल्ला । सुर्खेत जिल्लाको साविकको गर्पन गाविस लेहेँडा गाउँ भन्ने ठाउँ (हाल वीरेन्द्रनगर १६) मा जन्मिनुभएका धु्रवराज आचार्य अहिले नेपालभर चर्चाको शिखरमा हुनुहुन्छ ।
गाउँमा जन्मिनुभएका आचार्य ‘मुस्कानसहितको सेवा दिने कर्मचारी’ को रुपमा लामो समयदेखि निजामति सेवामा परिभाषित हुनुहुन्छ ।
स्थानिय नागरिकका अनुसार सात महिनामै जन्मिनुभएका आचार्य सानैदेखि तृक्ष्ण विवेक भएका व्यक्ति हुनुहुन्थ्यो । जसका कारण सानै उमेरमा उहाँ उपसचिव समेत भई सेवा गरिरहनुभएको छ ।


नेपालभरका सरकारी कर्मचारीहरुमध्ये उत्कृष्ट कर्मचारी छनौट गर्न आयोजित ‘इन्टिग्रिटी आइडल नेपाल २०१८’ मा आचार्य जीतको नजिक पुग्नुभएको छ ।
आचार्य मोवाइलको एसएमएस र वेवसाइट भोटिङ्गको आधारमा करिव जीतको नजिक पुग्नुभएको हो । आचार्यले आइडल जित्दा कर्णाली प्रदेश र सुर्खेत जिल्लाकै प्रतिष्ठा बढ्ने भएकाले अहिले यस क्षेत्रका नागरिकहरु हौँसिएका छन् ।
लामो समय जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत, काठमाण्डौँ, कैलाली लगायतका जिल्लामा सेवा गर्नुभएका आचार्यले आफूलाई भोट गरी एक इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीलाई प्रोत्साहन गरिदिन अनुरोध गर्नुभएको छ ।
उहाँलाई भोट हाल्नका लागि मोवाइलको मेसेज बक्समा गएर अंग्रेजीमा IIN लेखि एक स्पेस छोडेर 2 लेखेर 34001 मा पठाउन सकिन्छ ।
यो एउटा सिमकार्डबाट एउटामात्रै पठाउन सकिने तर उत्कृष्टको सुचिभित्र परेका अरु कसैलाई यसअघि भोट हालिसकेको भएपनि आफूलाई भोट हाल्न मिल्ने आचार्यले बताउनुभएको छ ।
यस्तै वेवसाइट भोटिङ्गका लागि www.integrityidol.org/countries/nepal खोलेर ध्रुवराज आचार्यको फोटोमा भोट गर्नुपर्ने हुन्छ ।

हेर्नुहोस् ‘इन्टिग्रिटी आइडल नेपाल’ले आचार्यका विषयमा तयार पारेको भिडियोः