अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई ६ गोल्ड मेडल

काठमाण्डौँ, १५ मंसिर (जागरण) । छैटौँ अन्तर्राष्ट्रिय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा नेपालले ६ वटा गोल्ड मेडल जित्न सफल भएको छ ।
भारतको देहरादुनमा भएको प्रतियोेगितामा नेपालको तर्फबाट सहभागि भएका शशिराम वि.क., वरुण शाह, प्रणव शाह, रोशन खड्गी, आशुतोष मल्ल र सुशिल ओलीले गोल्ड मेडल जितेका हुन् । यस्तै दिलिप ओलीले दोश्रो स्थान हाँसिल गर्नुभएको टिम कोच नन्दा बस्यालले जागरणलाई जानकारी दिनुभयो ।

टिम कोच बस्यालले आठ देशका चार सय ५० जना खेलाडि सहभागि भएको प्रतियोगितामा नेपालबाट आफूसहित आठ जना सहभागि भएको बताउनुभयो । उहाँकाअनुसार देशको प्रतिनिधित्व गरी जाने सवै खेलाडि कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् ।