दश वर्षे जनयुद्धमा क्रान्तिको मुख्य केन्द्र कालिकोट प्रवक्ता ःप्रकाण्ड

खडानन्द अधिकारी, कालिकोट, १८ (जागरण)
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्क बहादुर बिश्वकर्मा प्रकाण्डले दश वर्षे जनयुद्धमा क्रान्तिको मुख्य केन्द्र कर्णालीको कालिकोटले ठूलो भूमिका खेलेको बताउनुभएको छ । बुधबार जिल्लाको मान्ममा हुने बिशाल जनसभालाइ सम्बोधन गर्न ग्रीह जिल्ला कालिकोट पुग्नु भएका प्रकाण्डले मंगलबार राजनितक दल ,पत्रकार संगको भेटमा यस्तो बताउनु भयको हो । उहाँले आफुले अहिले जनयुद्धको मुख्य उत्तराधिकारीको रूपमा खडा भएको दाबी समेत गर्नुभयो ।


दश वर्षे जनयुद्धमा राप्तीको रोल्पाबाट महासचिव विप्लव र कर्णालीको कालिकोटबाट आफु जनयुद्धको विरासतलाई नेतृत्व गर्न तयार भएर नयाँ एकीकृत जनक्रान्तिको बाटोबाट अगाडि आएको पनि उहाले बताउनु भयो ।
नेता प्रकाण्डले बुधबार हुने बिसाल जनसभालाइ सम्बोधन गर्नुहने भएको छ ।