सुशासन कायम नगरि विकास र समृद्धि असंभव ःमुख्यमन्त्री शाही

सुर्खेत, १९  मंसिर (जागरण) ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सुशासन कायम नगरी विकास र समृद्धि हाँशील नहुने वताउनुभएको छ ।
महालेखापरिक्षकको कार्यालयले म‌गलबार  वीरेन्द्रनगरमा आयोजना गरेको लेखापरिक्षण सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको लागि सुशासन अनिवार्य रहेको वताउनुभयो ।


राज्य आर्थिक रुपमा पारदर्शी नभएमा अराजकता र भ्रष्ट्राचार हावी हुने र त्यसले विकास र समृद्धिको वाटोमा अवरोध खडा गर्ने उहाँको भनाई छ ।