सुर्खेत, १९ मसिंर (जागरण)
परराष्ट मन्त्री ज्ञवालीले कर्मचारी अभावको समस्या समाधान गर्न प्रदेशलाई नै अख्तियारी दिने गरी सरकार अघि बढेको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री ज्ञवालीले संघीय सरकारले प्रदेश सरकारको पीडा बुझेको बताउँदै प्रदेश सरकारलाई चलायमान बनाउन संघीय सरकार तत्पर रहेको बताउनुभयो ।
उहाँले तीनै तहका सरकारबीच समन्वय भएको खण्डमा मात्रै देशको विकास हुने बताउनुभयो । त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको र प्रदेश सरकारले अब धेरै चिन्ता लिन नपर्ने उहाँले बताउनुभयो ।