सुर्खेत, २१ मंसिर (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ललाई निलम्बन गरिएको छ । विश्वविद्यालय सिनेट वैठकले त्यस पदमा अव यामबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय स्वास्थ्य विभागमा सह–प्राध्यापकका रूपमा कार्यरत कार्की काजमा शिक्षाशास्त्र संकायमा डिन हुनुहुन्थ्यो ।
उहाँले अहिले विद्यावारिधिका लागि अनुसन्धान गरिरहनुभएको छ । नयाँ निर्णयलाई लिएर प्राध्यापक, विद्यार्थी र दलका कार्यकर्ताहरुले राजनितिक रुपमा विभाजित छलफल चलाउन थालेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटस्थहरु विश्वविद्यालयमा डा. मल्लले राजनिति गर्न थालेको र राजनितिबाट मुक्त गरी प्राज्ञिक थलो बनाउन निर्णय भएको भन्दै स्वागत गरेका छन् भने नेपाली काँग्रेस निकटहरुले शक्तिको आडमा पदबाट हटाइएको आरोप लगाएका छन् ।