बिद्यालयहरुमा दिवाखाजाको ब्यबस्था

सुर्खेत, २२ मंसिर (जागरण) ।
सल्यानका सामुदायिक बिद्यालयहरुमा दिवाखाजाको ब्यबस्था गरिएको छ । पछिल्लो समय सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको चापघट्दै जानथालेपछि जिल्लाका बिभिन्न सामुदायिक बिद्यालयहरुमा दिवाखाजाको ब्यबस्था गरिएको हो ।
यसअघि जिल्लाका केहीबिद्यालयहरुले मात्रै दिवाखाजाको ब्यबस्था गरेपनि बन्गाडकुपिण्डे नगरपालिकाले भने नगरभित्रमा ६५वटा बिद्यालयमा एकैसाथ दिवाखाजाको ब्यबस्था गरेकोछ ।
नगरभित्रका विद्यालयमा शिशुकक्षा देखि कक्षा ५सम्मका वालवालिकालाई दिवाखाजाको सुरुवात गरिएको नगरशिक्षा प्रमुख रोमप्रसाद पाण्डेले बताउनुभएको छ ।