वकिलहरुकाे सम्मेलन काठमाण्डौँमा

सुर्खेत, २२ मंसिर (जागरण) ।
सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन काठमाण्डौँमा हुने भएको छ । यही पुस ८ गतेदेखि १० गतेसम्म हुने सम्मलनमा भदौ १ गतेदेखि लागु भएको मुलुकी संहिताको प्रभावकारी कार्यान्वयनका लागि सरकारी वकीलको भूमिकाको विषयमा छलफल हुनेछ ।
यस्तै प्रभावकारी समन्वय सरकारी वकिलहरुको व्यक्तिगत तथा संस्थागत व्यवसायिक बिशिष्टीकरण गर्न र पीडित एवंम सरकारको प्रतिनिधित्व गर्दै सविधान र कानुनको उद्देश्य सार्थक बनाउनका लागि पनि सम्मेलना छलफल हुने बताइएको छ ।
सम्मेलनमा दसैँ वटा जिल्लाका वकिलहरुले मुलुकी अपराध सहिताको कार्यान्वयनमा भूमिका, मुलुकी फौजदारी संहिताको कार्यान्वयनमा भूमिकालगायतका विषयमा छलफल हुने उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता केशव चपाईले जानकारी दिनुभयो ।