मुलपानीलाइ पर्यटकीय गन्तब्य बनाइने

सुर्खेत, २२ मंसिर (जागरण) । सल्यानको कपुरकोट गाउंपालिका वडा नम्बर ३ को मुलपानीलाइ पर्यटकीय गन्तब्य बनाउने योजना बनाइने भएको छ ।
वडाका वडा अध्यक्ष भिन बहादुर सेनको अगुवाइमा जनप्रतिनिधि,कर्मचारी,पत्रकार र स्थानीयकोहरुले संयुक्त रुपमा मुलपानीको चमेरी गुफाको अनुगमन गरे पछि पर्यटकीय गन्तब्य बनाउने योजना बनाइएको हो ।
मुलपानीको चमेरी गुफामा बिभिन्न आकृतीका मुर्तिहरु,दमाह र मादल जस्तै बज्ने ढुङ्गाा तथा हजारौ चमेराहरु रहेका छन भने चमेरी गुफा करिब ५ सय मिटरको क्षेत्रफलमा फैलिएको छ ।