राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश तदर्थ समिति अध्यक्षमा बुढा

सुर्खेत, २२ मंसिर (जागरण) । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश तदर्थ समिति गठन भएको छ ।
वीरेन्द्रनगरमा आज भएको भेलाले रामबहादुर बुढाको संयोजकत्वमा १५ सदस्यिय प्रदेश तदर्थ समिति गठन गरेको हो ।


भेलाले सहसंयोजकमा रामबहादुर वराल र अभिषेक अनुराग, सचिवमा हरिमायाँ कार्की र कोषाध्यक्षमा रेशम वलीलाई चयन गरेको छ ।
यस्तै अन्य सदस्यहरुमा ज्ञानबहादुर नेपाली, धनबहादुर विष्ट, धनबहादुर घर्ती, जरमायाँ बाँठा, रेखा कोइराला, तुलसी शाही, लोकेन्द्र जिसी, धिरेन्द्र शाही, लालबहादुर कटुवाल र तेजेन्द्र गिरी चयन हुनुभएको छ ।
प्रदेश तदर्थ समितिको प्रथम वैठक बसी ६ महिनाभित्र अधिवेशन गरिसक्ने निर्णय समेत गरेको छ ।