बागीना समूह अहिले कोमामा छ…

मंसीर २६,सुर्खेत, (जागरण)
बागीना समूह सुर्खेतका संंस्थापक अध्यक्ष ललित सिंजालीले बागीना अहिले कोमामा रहेको बताएका छन । मंगलबार वीरेन्द्रनगरमा उनले  बागीनाको शरिर मृत भैसकेको बताए । उनले संस्थाका अध्यक्ष प्रति आक्रोश ब्यक्त गर्दै भने, बागीनामा एकजना बालिघरे छन, खेतीपाती पनि आफै गर्छन, आफै दाई हाल्छन अनि आफै स्याहार्छन ।
नियम मिचेर हिड्नेहरुसंग कसैको केहि नलाग्ने भन्दै केहि वर्ष अघि दुइतिहाई भन्दा बढी साथीहरु जम्मा गरेर कोइरालालाई हटाउन चाहेको बताउदै तर पछि केह सदस्यहरु विक्रि भएको कारण आफ्नो अभियान सफल हुन नसकेको उनको गुनासो छ । हाल संस्था जन्माउनेहरु अधिकांस बाहिर रहेको बताउदै संस्थाको प्रतिनिधित्व कोइरालाले मात्रै गरिरहेको सिंजालीले ब्यङ्य गरे ।
२०५२ साल भदौ २७ मा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भएको बागीना समूह स्थापनाकालमा वीरेन्द्रनगर–६ ठेगाना राखी दर्ता गरिएको थियो । संंस्था दर्ता हुँदा ललित सिंजाली अध्यक्ष रहेका थिए भने उपाध्यक्षमा गोविन्दबहादुर कोइराला, सचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा जोती सारु, सह–सचिवमा टेकबहादुर सुस्सलीङ्ग रहेका थिए । सदस्यहरुमा सरस्वती सुनार, यामनारायण आचार्य, लक्ष्मी कुंवर, खम्बराज गिरी, गेहेन्द्रबहादुर ढकाल, ज्ञानबहादुर नेपाली लगायतका रहेका थिए ।
सुरुमा यानीमाया कल्चरल ग्रुप नाम राखेर दर्ता गर्ने मुडमा थिए, ललित सिंजाली तर काठ्माडौबाट भर्खरै आइपुगेका गणेश गौतमसंग सिंजालीको यही संस्था दर्ता गर्ने सम्बन्धमा छलफल भयो । अन्तमा यी दुई विचको छलफलबाट यानीमाया होइन बागीना समूह नाम राख्ने सहमती बन्यो । बागीना नामाकरण गणेश गौतमले गरे । सुरुमा गणेश गौतमलाईनै अध्यक्ष बनाई संंस्था दर्ता गर्ने प्रयास गरियो तर गौतमको नागरिकता दैलेखको भएकोले उनी अध्यक्ष बन्न रोकिए ।
त्यस पछिको अध्यक्ष गणेश गौतम बने । उनी पछि कुलमान नेपाली र गंगा केसी हुँदै गोविन्द कोइराला २०६३ साल पछि हालसम्म अध्यक्ष बनिरहेका छन । संंस्थाको विधानको परिच्छेद १० को दफा २० को (ख) मा संंस्थाको अध्यक्ष दुईपटक भन्दा बढी कार्यकाल भन्दा बढी हुन नपाउने ब्यवस्था गरिएको छ भने परिच्छेद ५ को दफा १२ को (क)मा कार्यकाल दुई वर्षकालागि हुने भनिएको छ । यस हिसावले बागिना समूहको विधान बमोजिम एक जना ब्यक्ति ४ वर्ष भन्दा बढी अध्यक्ष हुन पाउदैन तर अध्यक्ष गोविन्द कोइराला २०६३ सालदेखी अविछिन्न रुपमा संस्थाको अध्यक्ष रहिरहेका छन ।
संस्थाको विधानमा संस्थाको उद्देश्यमा यस कला परिवारको समयमा राजनीतिक भावनाको पूर्वाग्रह त्यागी विशुद्ध सामाजिक सेवा भावना र स्वच्छ मनोरञ्जन स्थलका रुपमा कला परिवारलाई विकसित गर्दै लैजाने उल्लेख गरिएतापनि कोइराला नेपार्ली कांग्रेस सुर्खेतका गनिएका नेतामा पर्दछन । उनी कांग्रेसका जिल्ला कोषाध्यक्ष र गत वर्ष भएको निर्वाचनमा कांग्रेसको तर्फबाट सांसदमा सिफारिस भएका ब्यक्ति हुन ।
संस्थामा सुशासन छदै छैन । नाम उल्लेख नगर्ने शर्तमा वागीना समूहमा आवद्ध भएका एक सदस्यले भने, ‘स्मारिका निकाल्ने भनी २०६७÷०६८ सालतिर जिल्ला विकास समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाबाट ३ लाख भन्दा बढी रकम निकालियो तर किताव निस्केन ।’ उनी भन्छन, ‘स्मारिकामा छाप्ने भनी मबाट समेत लेख मागियो, लेखेर दिएँपनि तर पछि बुभ्mदा थाहा भयो १०÷१२ जनाबाट यसैगरि लेख मागिएछ अनि त्यसैलाई टाइप गरि, बुक ब्याण्डीङ्ग गरि जिविसमा फोटोकपी गरेर भुक्तानी लिइएछ ।’ कितावै ननिकाली रकम भुक्तानी गर्ने जिविस सुर्खेत र नगरपालिकालाई पनि छानविनको दायरामा ल्याउनुु पर्ने उनको माग छ ।
यतिमात्र होइन, कोइरालाले विभिन्न संघसंस्थामा प्रस्ताव गर्ने र रकम उठाउने गर्ने गरेको उनको गुनासो छ । नयाँ सदस्यता वितरण छैन । विभिन्न दातृ निकाय र प्रशिक्षण र महोत्सवहरुबाट भएको आम्दानीको कुनै लेखाजोखा गरिएको छैन । संंस्थामा कार्यरत ज्ञानबहादुर नेपालीले लामो समयसम्म तलव पाएका छैनन् । सिद्धदर्शन दैनिकसंगको एक कुराकानीमा नेपालीले भने, ‘मैले ५ वर्ष भन्दा बढी समय भयो, तोकिएको तलव पाएको छैन । अध्यक्षबाट महोत्सव लगाई एक मुष्ट भुक्तानी गर्ने कुरा भएको छ ।’
संंस्थाले बार्षिक साधारण सभा, लेखा परिक्षण र दर्ता नविकरण समेत समयमा गर्ने गरेको छैन । संस्थाका एक सदस्यले भने, ‘मैले धेरै भयो साधारण सभा भन्ने थाहा पाएको छैन ।’ २०६६ साल असोज २७ गते संस्था नविकरण गरिएको तर वार्षिक रुपमा गर्नुपर्ने नविकरण त्यसपछि एकै पटक २०७२÷०४÷१५ गते संस्था नविकरण भएको छ । त्यसपछि हालसम्म संस्था नविकरण भएको देखिदैन । संस्थाले बार्षिक साधारण सभा पनि गरेको छैन । संस्थाको विधानमा १५ दिन अगावै सूचना जारी गरि बार्षिक साधारणसभा गर्नुपर्ने भनिएकोले मंसीर महिनाभित्र साधारणसभा हुनसक्ने सम्भावनापनि देखिदैन ।
यसरी अवैधानिक रुपमा अध्यक्ष बनिरहँदा पनि यसको अनुगमन र नियमन गर्ने निकाय मौन बसेको छ । संस्थाले जिल्ला समन्वय समिति पूर्व पट्टि आफ्नो कार्यालय राखेकोछ । अवैध रुपमा सञ्चालनमा रहेको कार्यसमिति र नविकरण लगायतका कामहरु नगरिरहेको संस्थाले सरकारी जमीन र भवन ओगटिरहेको प्रति स्थानीय कला पारखीहरु आक्रोशित बनेका छन । संस्था नविकरण नगर्ने, साधारण सभा नगर्ने अनि विधान विपरित आजीवन अध्यक्ष वनिरहने संस्थाले यही मंसीर २७ गते बागीना साँझ २०७५ आयोजना गर्न लागेको छ ।
जसको बारेमा संस्थाका संस्थापक अध्यक्ष ललित सिंजाली लगायतका धेरै अग्रज कलाकारहरुलाई जानकारी गराइएको छैन । अवैधानिक अध्यक्ष र कार्यसमितिले गर्न लागेकोले कार्यक्रम प्रति धेरै अग्रज कलाकारहरु असन्तुष्ट रहेको पाइएको छ ।
साभार सिद्धदर्शन दैनिक