सरकारद्वारा साना किसानको ऋण मिनाहा

काठमाण्डौँ, २८ मंसिर (जागरण) । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । साना किसानहरुले तत्कालिन साझा सहकारीहरुबाट लिएको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।
आज निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताउनुभएको हो ।
उक्त सहकारीमार्फत साना किसानहरुले लिएको ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।

अनलाइनहरुको सहयोगमा