दैलेख, २८ मंसिर (जागरण) । दैलेखको गुराँस गाउँपालिका–८ खनारा स्थित जनसहयोग आधारभूत विद्यालयले भिडियो मार्फत पठनपाठन सुरुवात गरेको छ ।
परम्परागत शिक्षण विधि प्रभावकारी नभएको भन्दै विद्यालयले ‘मल्टिमिडिया’ को प्रयोग गरी अध्यापन गरेको हो ।
यो प्रविधि मार्फत अध्यापन सुरु गरिएसँगै विद्यार्थीहरुको सिकाई प्रक्रियामा परिवर्तनको संकेत देखिन थालेको प्रधानाध्यापक भरत वलीले बताउनुभयो ।
भिडियोमैत्री शैक्षिक क्रियाकलाप सञ्चालनका लागि गुराँस गाउँपालिका र सामाजिक सेवा केन्द्र नामक संस्थाले सहयोग गरेका हुन् ।