बजेट दुरुपयोग हुन नदिन पहिल्यै अनुगमन (अडियो सहित)

सुर्खेत, २८ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले बजेटको दुरुपयोग हुन नदिन विकास निमार्णका काममा पहिल्यै नै अनुगमन सुरु गरेको छ । चालु आर्थिक वर्षको विकासे बजेटअन्तर्गत विनियोजन गरेको बजेट कार्यन्वयनको लागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलले अनुगमन सुरु गरेको हो ।
कर्णालीका दश जिल्लामा तटबन्ध परेका स्थानहरूमा भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईको नेतृत्वमा स्थलगत अध्ययनका लागि टोली खटेको हो । टोलीले सुर्खेत, दैलेख लगायतका केही स्थानहरूको अवलोकन गरिसकेको छ ।
योजना परेको ठाँउमा योजना छ या छैन सदुपयोग भएन÷भएको बारेमा अध्ययन गर्न टोली खटाइएको मन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।
मन्त्री बुढाले यसरी उपभोक्ता समिति बनाउनु पूर्व नै योजना स्थलमा कर्मचारी खटाएर सरकारले आवश्यकता पहिचान गर्न र बजेट कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षासहित मन्त्रालयअघि बढेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अबको दुई हप्ताभित्रै बजेट कार्यान्वयनमा जाने भएको छ । मन्त्रालयले अहिले विभिन्न कार्य्विधिहरू बनाइरहेको र कार्य्विधि बनाउने अन्तिम चरणमा रहेको मन्त्री बुढाको भनाइ छ ।