धो–तरापमा प्रहरीलाइ जग्गा दान,अत्याधुनिक प्रहरी भवन बन्ने ।

डोल्पा, २८ मसिंर (जागरण)
पहमाली जिल्ला डोल्पाको धो–तराप उपत्यकामा नेपाल प्रहरीलाइ भवन निर्माणको लागि जग्गाद दान गरिएको छ । बिश्वको सबै भन्दा अग्लो मानव वस्ति रहेको धो–तराप उपत्यकामा इलाका प्रहरी चौकि र अस्थायी प्रहरी चौकीको भवन निर्माणको लागि स्थानीयले जग्गा दान गरेका हुन ।
इलाका प्रहरी कार्यालयको लागि डोल्पो बुद्ध गाँउपालिका ३ को ताक्सीमा पाल्जाङ लामाले ०३३०५ बर्ग मिटर जग्गा प्रहरीको नाममा नामसारि गरिदिएका छन । त्यसैगरि डोल्पो बुद्धकै वडा न १ का सोनाम टाक्पा गूरुङले धो मा रहेको ०३३४० वर्ग मिटर जग्गा अस्थायी प्रहरी चौकिलाइ जग्गा दान गरेका हुन ।
प्रहरीको इलाक र अस्थायी प्रहरी चौकिका भौतिक सँरचना निर्माणका लागि स्थानीय सरकारको पहलमा स्थानीयले जग्गा प्रदान गरेका छन । प्रहरीलाइ दान गरेको जग्गाको लालपूर्जा जग्गा दाताहरुले जिल्ला सुरक्षा समितिलाइ हस्तान्त्रण गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिइ ।
माथिल्लो डोल्पामा भवन नभएकै कारण सुरक्षाकर्मि बस्दैनन चोरिका घटना मात्रै नभएर स्थानीयले अन्य सुरक्षाको अनुभुति पनि गर्न पाएका छैनौ अब बाह्रै महिना सुरक्षाकर्मि बसेमा माथिल्लो डोल्पाबासिले राज्यबाट हुने सुरक्षाको अनुभुति गर्न पाउनेछन हामीले खुसिखुसि जग्गा दान गरेका छौ जग्गा दाता पाल्जाङ लामाले खुसि ब्यक्त गरे ।


हाल सम्म माथिल्लो डोल्पामा पर्ने कुनै पनि स्थानीयतहमा स्थायी प्रहरी चौकिहरु नभएको कारण चोरिका घटनाहरु हरेक बर्ष हुने गरेका छन । हामीले जग्गा प्रदान गरेर भोटवासीले सुरक्षा पाउछन भने हामीलाइ कुनै दुख छैन हामीले मरेर गएपनि हाम्रो सन्तान्नले सम्झी रहने छ सोनाम टाक्पा गूरुङले आनन्दको महसुस गरे ।
“प्रदेश सरकारले अत्याधुनिक भवन निर्माण गर्न २ करोड बिनियोजन”
डोल्पाको माथिल्लो डोल्पामा पर्ने बस्तिमा सुरक्षा चुनौति हरेक बर्ष बढ्दै गएको भन्दै कर्णाली प्रदेश सरकारले धो–तराप उपत्यकामा प्रहरीको अत्याधुनिक भवन निर्माणको लागि २ करोड बिनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस आर्थिक बर्ष भित्रमा धो मा प्रहरीको लागि अत्याधुनिक भवन निर्माण गर्ने गरि बजेट बिनियोजन भै सकेको कर्णाली प्रदेशका कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।
माथिल्लो डोल्पाको सुरक्षा मात्रै नभएर तिब्बतसँग जोडिएको क्षेत्रपनि भएको कारण सिमा सुरक्षा प्रहरी चौकिका रुपमा पनि धो–तराप उपत्यकामा प्रहरीको अध्याधुनिक भवन निर्माण अनिवार्य रहेको मन्त्री भण्डारीले दाबी गरे ।

 


गएको श्रावणमा आफै धो–तराप उपत्यकामा पुगेका भण्डारीले पर्यटकीय,धार्मिक,साँस्कृतिक र बिश्वको सबै भन्दा अग्लो मानव वस्ति रहेको उपत्यका भएको कारण सुरक्षालाइ पहिलो प्राथमिकतामा राखिएकोले भवन निर्माण जति बजेट लागेपनि प्रदेश सरकारले लगानी गर्ने बताए । उनले भने यो भबिष्यको त्रिदेशिय ब्यापारिक केन्द्रका रुपमा रहन्छ त्यसैले पनि अहिले नै सुरक्षालाइ प्रभाबकारी बनाउनु पर्छ ।
“प्रदेश सरकारलाइ तत्तकाल भवन निर्माणको प्रकृया बढाउन आग्रह”
हरेक बर्ष सुरक्षाका बिषयमा दर्जनौ पटक माथिल्लो डोल्पाको बिषयमा छलफलको बिषय बनी रहेको अबस्थामा स्थानीयले प्रहरीलाइ जग्गा प्रदान गरेपछि अब प्रदेश सरकारले छिटो भवन निर्मणको प्रकृया अघि बढाइदिन डोल्पोबुद्ध गाँउपालिकाका अध्यक्ष तेम्बा गुरुङले आग्रह गरे ।
आज सम्म त जग्गा थिएन अब हामीले जग्गा दान गरिसकेका छौ प्रदेश सरकारले काम छिटो अघि बढावस हामी सुरक्षा चुनौतिबाट पुस्तौ देखि पिडित छौ अध्यक्ष तेम्बाले दुखेसो सुनाए । प्रहरीको भवन निर्माण गर्दा बाह्रै महिना बस्न मिल्ने तरिकाले बनाइयोस जहाबाट प्रहरीले खुसिखुसि माथिल्लो डोल्पाका अन्य स्थानीयतहमा पनि सेवा प्रदान गर्न सकोस उनले सुझाब दिए ।
हरेक बर्ष बढ्दै गरेको सुरक्षा चुनौतिलाइ कम गर्न यसै बर्ष नेपाल प्रहरीले समुन्द्र सतहबाट ४२ सय मिटरको उचाइमा बिश्वकै अग्लो मानव वस्ति रहेको धो–तराप उपत्यकामा जग्गा प्राप्त गर्दा निकै सौभाग्यको कुरा प्राप्त गरेको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले स्थानीय सरकारलाइ धन्यबाद प्रकट गरे ।
भौगोलिक रुपमा ठुलो र हिमाली जिल्ला भएको कारण सुरक्षा चुनौति बढि रहेको छ । सोहि अनुसार यसै बर्ष शसस्त्र प्रहरी बलको ४२ नम्बर गुल्मले जग्गा प्राप्त गर्नुका साथै राष्ट्रिय अनुसन्धानले समेत आफनै जग्गा प्राप्त गरेकोले अब सुरक्षा चुनौति कम हुदै जाने जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रजिअ भुपेन्द्र थापाले खुसिको कुरा भएको बताए ।