बहुमतको सरकारले काम गर्न नसकेको राप्रपा अध्यक्ष थापाकाे अाराेप ।

सुर्खेत, २८ मसिंर (जागरण)
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा विगतदेखि नै विधिको शाषन गर्ने थिति नभएकै कारण बहुमतको सरकारले समेत काम गर्न नसकेको बताउनु भएको छ ।
पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत पुगेका अध्यक्ष थापाले संचारकर्मीसँग कुरा गर्दै थिति नभएकै कारण सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको बताउनुभयो ।


उहाँले कम्युनिष्टको ठाउँमा नेपाली काँग्रेस भएपनि अहिलेको अवस्थामा सरकार असफल हुने भन्दै यसको कारण ६२–६३ को जनआन्दोलनपछिको अबलम्बन गरिएको व्यवस्था र नितिमा नै त्रुटि भएको अध्यक्ष थापाको भनाइ छ ।

अध्यक्ष थापाले हिन्दु राष्ट्र निर्माणका लागि आफुहरु सडक संघर्षमा समेत उत्रने चेतावनी दिनुभयो । उहाँले आफुहरुको बहुमत नभएकाले संविधानमा हिन्दुराष्ट्र लेखाउन नसकिएको भन्दै यस एजेण्डालाई स्थापित गराउन निरन्तरता दिएको बताउनुभयो ।