सुर्खेत, ४ पुस (जागरण) । तेक्वान्दो खेलाडी नन्दा बस्याल ‘वुमन इन् तेक्वान्दो समिति’ को सदस्यमा मनोनयन हुनुभएको छ ।
एशियाली तेक्वान्दो महासंघले उहाँलाई ‘वुमन इन् तेक्वान्दो समिति’ को सदस्यमा मनोनयन गरेको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणाले जानकारी दिनुभयो ।
नेपाल तेक्वान्दो संघले आफ्नो कार्यालय सातदोबाटोमा गरेको कार्यक्रममा बस्यालले प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।