सुर्खेत, ६ पुस (जागरण) । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सरकारले बन्दुकले दबाउन खोजे आफुहरु विद्रोहमा जाने चेतावनी दिनुभएको छ ।
सुर्खेतमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता विश्वकर्माले जनताको पक्षमा बोल्दा माग सम्बोधन गर्नुको साटो बन्दुकले दबाउने प्रयास भइरहेमा ठूलो विद्रोहमा उत्रने चेतावनी दिनुभएको हो ।
उहाँले इतिहाँसमै पहिलो पटक दुई तिहाइ प्राप्त गरेको सरकारले पनि जनताका पक्षमा काम गर्न नसक्दा देश निराशाको दिशामा गएको बताउनुभयो ।