काठमाण्डौँ, ६ पुस (जागरण) । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई)को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक संघीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोडले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने भएको छ ।
नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिइएको छ । यस यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट हुँदैछ ।