कहिलेदेखि शुरु हुन्छ सुर्खेतबाटै लाइसेन्स वितरण ? (अडियो सहित)

सुर्खेत, ६ पुस (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण सेवा शुरु गरिएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतबाट सवारी चालक अनुमति पत्र नविकरण सेवा शुरु गरेको हो ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सेवा उद्घाटन गर्नुभएको हो । मन्त्री ज्वालाले प्रदेशकै यातायात व्यवस्था सेवा कार्यालयलाई सक्षम बनाउन आवश्यक बजेट विनियोजन गर्ने र नयाँ लाइसेन्स वितरण सेवा पनि छिट्टै नै सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।
सुर्खेतबाटै सेवा शुरु भएसँगै सेवाग्राहीलाई अब नविकरणका लागी नेपालगञ्ज नै पुग्नुपर्ने बाध्यता हटेको छ । यसैबिच एक साताभित्रै सवारी दर्ता सेवा पनि सञ्चालनमा ल्याइने मन्त्री ज्वालाले जानकारी दिनुभयो ।

सुन्नुहोस्ः