मालपोत कार्यालयमा मनपरी र भद्रगोल, सेवाग्राहिलाई सास्ती (अडियो सहित)

प्रभा रावत ।
सुर्खेत, ६ पुस (जागरण) । मालपोत कार्यालय सेवाग्राहीको सबैभन्दा बढी भिड हुने सरकारी अड्डा हो । तर कर्मचारीले वेवास्ता गर्दा सर्वसाधारणले समयमा नै सेवा पाउदैनन् । जिल्ला मालपोत कार्यालय सुर्खेतमा यस्तै समस्या छ ।
जिल्ला मालपोत कार्यालय सुर्खेतमा थकित अवस्थामा भेटिनुभएका वीरेन्द्रनगर नगरपालिका वडानम्वर ४ का दिपक थापा आफ्नो जग्गाको काम गर्न पुग्नुभएको थियो तर उहाँले त्यहाँ काम होइन ठुलो हैरानी व्यहोर्नु पर्यो ।
उहाँजस्तै धेरैको पिडा यस्तै छ । भनेको समयमा काम नहुने समस्याले सर्वसाधारणहरु पिडित छन् । कार्यालयमा जुम्ला, कालिकोट, दैलेख, जाजरकोट लगायतका जिल्लाबाट सेवाग्राही पुग्ने गर्दछन् ।
जग्जाको नामसारी, कित्ता काट, लगायतका काम लिएर कार्यालयमा पुग्ने गरेका सेवाग्राही कार्यालयका कर्मचारीले गर्ने विभेद गर्ने गरेको गुनासो गरेका छन् । कर्मचारी आफुहरुको समस्याहरु प्रति उत्तरदायी नभएको बताउनु हुन्छ वीरेन्द्रनगर ४ का गोविन्द्र नाथ योगी ।
कार्यालयमा पुग्ने सेवाग्राहीले एकैदिनमा हुने कामका लागी पनि १० देखी १२ दिन सम्म पर्खिनु पर्ने बाध्यता छ ।
कार्यालयमा काम गर्ने कर्मचारीहरुले आफुले चिनेका सेवाग्राहीको मात्र काम गरिदिने गरेको गुनासो अधिकासं सेवाग्राहीको छ । तर कार्यालय सुर्खेतका सुचना अधिकारी नरबहादुर घर्तीले कर्मचारी अभावका कारण आफुहरुले प्रभावकारी सेवा दिन नसकेको बताउनुभयो ।
कार्यालयले सेवाग्राहीको कामलाई छिटो छरितो र प्रभावकारी बनाउने भन्दै केही दिन अगाडी टोकन प्रणाली लागु गरेको थियो । तर कर्मचारीमा प्रविधीको ज्ञान नहुँदा उक्त प्रर्णाली प्रभाबकारी बन्न सकेको छैन । सेवाग्राहीको चाप हुने यो कार्यालयले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जरुरी छ ।

सुन्नुहोस् अडियो रिपोर्टः