क्रिशमस डे मनाइँदै

सुर्खेत, १० पुस (जागरण) । आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव । आज देशभर ईसाई धर्मालम्बीहरुले क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।
सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उहाँका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।
उहाँले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घले जनाएको छ । यस वर्षका दिन आज विशेष महोत्सवको आयोजना गर्ने गरिन्छ ।