सुर्खेत, १९ चैत (जागरण) । गणेशजल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतका सदस्य तथा कर्मचारीले देउती वज्यै प्राङ्गणमा सरसफाई गरेका छन् । ६१ औँ सहकारी दिवसको अवसरमा गणेशजलका शेयर सदस्य, सदस्य तथा कर्मचारीले देउती वज्यै प्राङ्गणमा सरसफाई गरेका हुन् ।
देउती वज्यै क्षेत्र कर्णाली प्रदेशको राजधानीमै रहेको एक प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र भएकाले त्यहाँ सवैको आकर्षण बढाउन सरसफाई गरिएको सहकारीले जनाएको छ ।
सहकारीका कोषाध्यक्ष पूर्ण बहादुर शाहीले दैनिक रुपमा अधिकांश मान्छेहरु पुजा गर्न देउती वज्यै पुग्ने गरेका र फोहोर जथाभावी फालिएको हुनाले आफूहरुले सरसफाई गरेको बताउनुभयो ।
उहाँले सधै आफूहरुले मात्रै सरसफाई गर्ने भन्दा पनि अरुलाई पनि सरसफाईका लागि सचेत गराउनका लागि सरसफाई गरिएको बताउनुभयो ।
यस्तै वार्षिक उत्सवकै अवसरमा सरसफाईपछि असहायहरुलाई फलफूल वितरण समेत गरिएको छ । देउती वज्यैको मूल गेटमा बस्ने असहायहरुलाई विभीन्न प्रकारका फलफूल वितरण गरिएको सहकारीका अध्यक्ष प्रेमकुमार विसीले जानकारी दिनुभयो ।
सहकारीका लेखा समिति संयोजक युवराज पौडेलले आफ्नो सहकारीले विगतदेखि नै यस्ता रचनात्मक कार्य गर्ने गरेको र यसलाई अझै निरन्तरता दिने बताउनुभयो ।