किशोरी कुटपिट गरिएको आरोपमा २ जना पक्राउ

सुर्खेत, १४ पुस (जागरण) ।
वीरेन्द्रनगर २ गुप्तीपुुर की १८ बर्षिया किशोरीलाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
बालिका अृमता बुढाललाई कुटपिट गरेको आरोपमा वीरेन्द्रनगर इत्रामका कृष्णा काफ्ले र उहाँका श्रीमान कृष्णप्रसाद काफ्लेलाई पक्राउ गरेको जिल्ला प्रहरी कायालय सुर्खेतमा डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।


पिडीत बालिकाकी आमा टिका बुुढाले झारफुक गर्ने भन्दै पुस ८ गते आफ्नी छोरीमाथि कुटपिट भएकोे भनेर प्रहरीले उजुरी दर्ता गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । डिएसपी क्षेत्रीले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार नै मुद्धा चलाइएको जानकारी दिनुभयो ।