नन्दको जीवन भोगाई (अडियो सहित)

प्रभा रावत  सुर्खेत १५ पुस (जागरण) ।
विहान उठ्ने वित्तिकै वरिपरिको वातावरण संगीतमय बनाउने ७७ वर्षिय नन्द बहादुर थापा ।
जिन्दगीको अधिकांश हिस्सा सधै अरुको खुसी र उद्दारमा समर्पित गर्नुभएका, आफ्न्तको खुसी र चिन्तनले नै खारिँदैे खारिँदै उत्तारर्धमा पुग्नुभएका थापाको जीवन अहिले ७७ बर्ष सम्म पुग्यो । अहिले पनि अविवाहित रहनुभएका थापा आज पनि सामाजिक सेवामा उत्तिकै तल्लिन हुनुहुन्छ ।
विहान उठेदेखी राती नसुत्ने बेला सम्म उहाँ आफ्नो पेशा प्रती अडिग रहेर लागिरहनुहुन्छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा सुर्खेतमा कार्यालय सहयोगीका रुपमा काम गरिरहनुभएका थापाको उमेर अनुसारको दैनिकी पनि परिवर्तन भइरहेको छ ।
सानो उमेर देखी नै आर्थिक समस्या झेल्नुभएका थापाले आर्थिक अबस्था कमजोर भएकै कारण उच्च शिक्षा हाँसिल गर्न सक्नुभएन ।

पढाइ प्रति रुचि हुँदा हुदैँ पनि थापा दैनिकी टार्नकै लागी सानो उमेरमा नै मजदुरीका लागी भारत पस्नुप¥यो । थापाको सांगितीक क्षेत्र प्रति निकै नै रुचि छ ।

थापा सानै छँदा बुवाको निधन भयो । बुबाको निधनपछि घरको जिम्मेवारी थपियो । उहाँले दिदी र आमा प्रतिको सेवामा कमी आउने डरले नै विहे सम्म गर्न मान्नुभएन । पछि आमाको समेत निधन भयो । आमाको निधनपछिका दिन थापाले रेडक्रसमा नै बिताउने गर्नुभएको छ । आँखाले त्यति भर पाउनुहुदैन थापा । तर पनि आफ्नो काम आफै गर्नुहुन्छ । जिन्दगीमा भएका कतिपय अविस्मरणिय दुःखका क्षणले अहिले पनि सताइरहन्छ थापालाई ।

जीवनमा दुःख वा सुख भनेर अनुभुतिलाई नै विभिन्न तवरले व्यख्या गरिन्छ । जीवन भोगाइका अनुभवहरु नै हाम्रा अमूल्य गहना हुन् । जो फेरी फर्केर आउँदैन र खास प्र्रष्टै देखाउन पनि सकिँदैन । थापाको भोगाइ र बुझाई त्यहि दुः ख र सुखलाई आत्मसाथ गर्दै जीन्दगी जिउनु हो ।

सुन्नुहोस अडियो सहितः