कालिकोटका आगलागी पिडितको घर प्रदेश सरकारले बनाइदिने

सुर्खेत, १४ पुस (जागरण) । कालिकोटका आगलागि पीडितका लागि घर निर्माण गर्न कर्णाली प्रदेश सरकारले पाँच लाख दिने भएको छ । जिल्लाको पलाँता गाउँपालिका वडा नम्बर १ न्यौपानेखाडा गाउँका आगलागि पीडित परिवारको पुर्नस्थापनाका लागि पुर्नस्थापना कार्यक्रम संचालन गरेर आवास निर्माणको काम प्रदेश सरकारले जिम्मा लिने निर्णय गरेको हो ।
हिजो साँझ बसेको मन्त्रीपरषदको बैठकले आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रतिपरिरवार पाँच लाख रुपैँया आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सरकारको प्रवक्ता समेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले आज पत्रकार सम्मेलन गरेर निर्णयहरु जानकारी दिदै उहाँले परिवारको व्यक्तिको खातामा रकम नहालिदिएर प्रदेश सरकारले आफै एकीकृत बस्ती विकासको मोडल अनुसार घरहरु निर्माण गरिने जानकारी दिनुभयो ।

उहाँले आगलागि पीडितहरुको पुर्नस्थापनाका लागि अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग समन्वय गर्ने बताउनुभयो । उहाँले त्यहाँ बन्ने सबै घर एउटै डिजाइनको हुने बताउनुभयो । उहाँले राहत वितरण सबै आआफ्नै तरिकाले भइरहेको भन्दै कार्यविधि बनाएर नै एकद्धार प्रणालीबाट राहत वितरण गर्ने पनि बताउनुभयो ।

यही पुस ८ गते कालिकोटको पलाता गाउँपालिका वडा नम्बर १ न्यौपानेखाडा गाउँमा आगलागी हुुँदा ८७ घर जलेर नष्ट भएका थिए । आगलागीबाट करिब ४ करोड ३५ लाख बराबारको क्षति भएको थियो । यसअघि प्रदेश सरकारले प्रति परिवार तत्तकाका लागि २० हजार र आवश्यक खाद्यनन् र लत्ताकपडा उपलब्ध गराइसकेको छ ।

यस्तै हिजो नै बसेको मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेश मातहत रहेका प्रदेश र जिल्ला अस्पतालहरुको व्यवस्थापन समितिको अध्यक्ष र सदस्य मनोनयन गरेको छ ।
बैठकले प्रदेश अस्पताल सुर्खेतको व्यवस्थापन समितिको अध्यक्षमा वीरेन्द्रनगर ४ का श्यामलाल कंडेल र सदस्यमा हरिमाया शर्मालाई मनोनयन गरेको छ ।
यस्तै मन्त्रीपषिद बैठकले जिल्ला अस्पताल सल्यानको व्यवस्थापन समितिको अध्यक्षमा दामोदर गौतम, मुगुको अध्यक्षमा पारसमणी मल्ल, डोल्पाको अध्यक्षमा तेजेन्द्रबहादुर रोकाय, हुम्लाको अध्यक्षमा छेपाल दोर्जे तामाङ्ग, कालिकोटमा सरोज बोगटी, दैलेखमा लोमन शर्मा, जाजरकोटमा धर्मशिला बस्नेत, रुकुममा सुन्दर वली, सुर्खेतको मेहेलनकुना अस्पतालमा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालय सुर्खेतमा ओमबहादुर बोहोरा र जुम्ला आयुर्वेद औषधालयमा मनोज बुढाथोकी मगरलाई मनोनयन गरिएको मन्त्री केसीले जानकारी दिनुभयो ।