सुर्खेतका तीन बालिका बुुटवलमा भेटिए

सुर्खेत, १५ पुस (जागरण)

सुर्खेतको सिम्ता गाउँपालिकाका विद्यालय जान्छौँ भनेर बेवत्ता भएका तीन जना बालिका बुटवलमा भेटिएका छन् ।
यही पुस १० गते गाउँपालिका वडा नम्बर ९ खानिखोलाका १४ बर्षिया निशा सिंह ठकुरी , सोही ठाउँका दुई बहिनी १५ बर्षिया यमुना खत्री, र उनकी बहिनी १२ बर्षर्की रिसिमा खत्री स्कुल जान्छौँ भनेर वेवत्ता भएका थिए ।


उनीहरुलाई आज बिहान बुटवल बसपार्क आसपास भेटाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख निरज चौलागाईले बुटवल प्रहरीको सहयोगमा उनीहरुलाई फेला पारिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एक जना मानिससंगै उनीहरु बुटवल बर्षपार्कमा भेटिएका हुन । प्रहरीले भने अनुसन्धान गरिरहेको भन्दै ति मानिस नाम खुलाएको छैन् । उनीहरुलाई आजै सुर्खेत ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।