सुर्खेत, २० चैत (जागरण)। कर्णाली प्रदेशको संसद वैठक अाज बस्दैछ । वीरेन्द्रनगर स्थित प्रदेशसभा भवनमा बस्ने वैठकमा प्रदेश सरकारले पेश गरेको आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि छलफल हुनेछ ।
गत शुक्रबार बसेको संसद वैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पेश गर्नुभएको आर्थिक विधेयकका दफाबार छलफल हुने संसद सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिनुभयो ।
साथै अाजको वैठकमा संसद नियमावली पास गर्न निर्णयार्थ पेस हुने पनि उहाँले जानकारी दिनुभयो ।