कर्णालीका ७ प्रतिसत जनसंख्या एक दिन भोकै

सुर्खेत, १८ पुस (जागरण) ।

कर्णाली प्रदेशका करिब ७ प्रतिशत जनसंख्या एकदिन भोकै रहनुपरेको सरकारी अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनअनुसार आय आर्जन र स्थानीय स्रोत साधनलगायत अभावले भोकै बस्नुपरेको हो । अध्ययनअनुसार सात प्रतिशत जनसंख्या उच्चतम खाद्य असुरक्षामा रहेका छन् ।


तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार प्रदेशका करिब १ हजार ७ सय ८ घरधुरीमा सर्वेक्षण गरिएको थियो । अध्ययनको निष्कर्षका आधारमा १ लाख १३ हजार ६ सय ५२ सर्वसाधारण कम्तीमा एक दिन भोकै बस्ने गरेको तथ्याङ्कले जनाएको छ ।
सरकारले आपूर्ति गर्दा समेत गुणस्तरीय सडक पूर्वाधार नभएकाले कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गरेको हो ।
संस्थानका अनुसार प्रदेशका लागि वार्षिक डेढ लाख क्विन्टल आवश्यक पर्ने जनाएको छ ।