धर्ममा राज्य विभेदकारी हुन नहुनेःसामाजिक विकास मन्त्री रावल

सुर्खेत, १८ पुस (जागरण) । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताउनुभएको छ । ख्रीष्टमस तथा नयाँवर्ष २०१९ को शुभारम्भमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले मुलुकमा सबै धर्मको अधिकार समान रहेको बताउनुभयो ।


राज्य सबै धर्म, जाति, भाषिक, वर्ग, लिङ्ग, उत्पीडित, उपेक्षित, अल्पसंख्यक र सीमान्तकृतहरुको अभिभावक हुने बताउनुभयो । कर्णालीप्रदेश सरकारले सबै धर्मावलम्बीहरुलाई समान व्यवहार गर्दै आएको उहाँको भनाई थियो ।