अस्पताल जान मान्दैनन् कुष्ठरोगीका विरामी

सुर्खेत, १८ पुस (जागरण) ।

कुष्ठरोग लागे पछि समयमै स्वास्थ्य संस्था नजाने गरेको एक अध्ययनले देखाएको छ । आइएनएफ सुर्खेतले गरेको अनुसन्धानमा रोग लागिसकेपछि ढिलो मात्र स्वास्थ्य संस्था आउने गरेको पाइएको हो ।
आइएन एफ सुर्खेतले यस चालु आर्थिक वर्षमा थप नयाँ कुष्ठ रोगिका विरामीहरु फेला पारेको जानकारी दिएको छ । डा अल्लाब्रिट एङ्गेलब्रेन्टसनले धेरैै जसो ग्रामिण क्षेत्रका बिरामीले ढिलाई गर्ने गरेको बताउनुभयो ।

यो चालु आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा १० जना कुष्ठरोग भएका व्यक्ति फेला परेका छन् । गत आर्थिक वर्षमा नयाँ ६० जना फेला परेका थिए ।
आइएनएफ सुर्खेतका अनुसार १ सय ४६ जनाले उपचार गरेका थिए । आइएनएफले कृष्ठ रोग निवारणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ । आइएनएफले साइनिङ अस्पतालबाट उपचार समेत गर्दै आइरहेको छ ।