सुर्खेत, २२ पुस (जागरण) ।
कालिकोटको पलाँता गाउँपालिका–१ खाडामा भएको आगलागीमा ८७ घर नजलेको पुष्टि भएको छ । खाडामा ३२ घर जलेर नष्ट भएको अनुसन्धानका क्रममा पुष्टि भएको छ ।
आगलागीमा जनप्रतिनीधि र वडा सचिवले राहतका लोभमा संख्या बढाएको पुष्टि भएको छ ।
संख्याका विषयमा यकिन नहुँदा राहतमा समस्या भएको र त्यसको विषयमा पुष्टि सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल र जिल्ला प्रहरी कार्यालय डिएसपी विनोद शर्मा खाडा पुगेपछि संख्या यकिन भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेका प्रमुख जिल्ला अधिकारी राज कुमार दुलालले बताउनुभयो ।