विदेशबाट फर्किएर सुरु भयो कर्णालीको पहिलो उद्योग (अडियो सहित)

मुना हमाल । 

सुर्खेत, २८ पुस (जागरण) । यो आवाज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ३ गण्डकी लाइनस्थित राराछाप जुत्ताचप्पल उद्योगको हो । कर्णाली प्रदेशमा पहिलो पटक सञ्चालनमा आएको यस उद्योगमा धमाधम नयाँ जत्ता चप्पल उत्पादन भइरहेका छन् ।
दैलेखको भगवतिमाई गाउँपालिकाका हरिशंकर रोकाय र रामबहादुर रोकायले संयुक्त रुपमा उद्योग संचालन गरेका हुन् ।
दुई पटक सम्म वैदेशिक रोजगारमा गई फर्किनुभएका रामबहादुर तथा अध्ययन र अध्यापन छोडेर उद्यम अंगाल्नुभएका हरिशंकरले अहिले कर्णालीकै पहिचान हुनेगरी जुत्ताचप्पल नागरिकको खुट्टा खुट्टा सम्म पुर्‍याउने अभियान चलाउनुभएको छ । अव रामबहादुर विदेश नजाने निष्कर्षमा पुगिसक्नु भएको छ ।

उद्योगमा व्यस्त सञ्चालकहरु ।

विदेशमा गर्ने दुःख स्वदेशमै ग¥यो भने त्यो दिर्घकालिन हुन्छ । गाउँमा साहुसंग ऋण गरी विदेश गएर दुःख पाएको सम्झना अझै पनि रामबहादुरको मानसपटलमा ताज नै छ । त्यसैले पनि उहाँले यही अफ्नै ठाउँमा व्यवसाय शुरु गर्नुभएको हो ।
जुुत्ता चप्पल उद्योगका लागि अहिले करिव १४ लाखको लगानी छ । उद्योग पहिला कर्णाली प्रदेशको बजार र विस्तारै राष्ट्रिय रुपमा बजार सम्म पु¥याउने सोचमा आफूहरु रहेको अर्का संचालक हरिशंकर रोकायले बताउनुभयो ।

हामिसँग कुरा गर्दै सञ्चालकहरु ।

कर्णालीमा उद्योगहरु कम छन् । भएका उद्योगहरुको पनि सरकारले अझै प्रोत्साहन दिन सकेको छैन । रोजिरोटीका लागि वर्षेनी कलापहाड जान बाध्य छन् । तर केही युवाहरु मिलेर उद्योगमा लगानी गरिरहेका छन् । यो उदाहरणिय र नमूना कार्य हो । सरकारले उद्योग सञ्चालनका लागि आफूहरुलाई अनुदान, तालिमलगायतका क्षेत्रमा सहयोग हुनेमा आफूहरु विश्वस्त रहेको हरिशंकरको भनाई छ ।
अहिले उद्योग संचालनका लागि पाँच वटा मेसिन छन् । उद्योगमा चाहिने कच्चा पदार्थसम्म भारतबाट ल्याउने गरिन्छ । उद्योगमा रोजगारी सृजना गर्ने र यसलाई वृहत गराउने योजना रहेको हरिशंकर रोकाय बताउनुहुन्छ ।
यो त उदाहरणिय एउटा कार्य हो । यस्ता उदाहरणिय कार्यले नै कर्णालीको समृद्धिको आधार तयार हुन सक्छ । अझ यस्ता उद्योगमा स्थानिय श्रममात्रै होइन स्थानिय कच्चा पदार्थ तयार गर्ने कुरामा ध्यान दिन सकिए गज्जव हुने छ ।

अडियो सुन्नुहोस्ः