जागिरको मोह त्यागेर कृषिमा रमाउँदै खनाल दम्पति (अडियो सहित)

 मुना हमाल ।

सुर्खेत, २९ पुस (जागरण) । मान्छेले कृषि र पशुपालन गर्न हुन्न र जागिर नै खानुुपर्छ भन्ने सोचाईलाई तोड्दै वीरेन्द्रनगर ७ इत्राम सुर्खेतको एक दम्पति व्ययवसायिक रुपमा कृषि पेशा गरिरहेको छ । स्नाकोत्तरसम्मको अध्ययन सकेर ७ वर्षसम्म शिक्षण पेशा गर्नुभएका निता खनाल र उहाँका श्रीमान शोहन खनालले व्यवसायिक रुपमा च्याउखेति र कुखुरापालन व्यवसाय गरिरहनु भएको छ ।

च्याउ फारमभित्र खनाल दम्पत्ती ।

खनाल दम्पतिसंग अहिले दुई वटा च्याउका टनेल र साना ठूला गरेर करिव ६ सय काठे जातका कुखुरा छन् । नितासंग स्नाकोत्तर (मास्टर्स) उतिर्ण गरेको र सोहनसँग स्नातक तह (ब्याचलर) को सर्टिफिकेट छ । कतिले भने पढाइलेखाई छ भने जागिर खाउ । तर खनाल दम्पत्ती व्यवसायमा कस्सेर लागेको छ । अहिले कखुरापालनबाट मासिक ४० हजारसम्म कमाइ हुने गरेको छ ।

विगत दुई वर्षदेखि व्यवसायिक रुपमा कुखुरा पालन र च्याउखेति गरिरहनुभएका खनाल दम्पतिले व्ययवसायबाटै छोराछोरीको पढाई खर्चदेखि घरपरिवारको खर्च सबै धानिएको छ । खनाल दम्पत्तीले अन्य २ जनालाई प्रत्यक्ष र अन्य सात जनालाई अप्रत्येक्ष रोजगारी दिनुभएको छ ।

स्थानिय काठे जातका खुकुराको माग अहिले धेरै भन्दा धेरै छ । बजारमा च्याउ पनि ठूलो परिमाणमा विक्री हुन्छ । कुखुरा र च्याउ विक्री गर्नमै खनाल दम्पत्तीलाई आनन्द छ ।

खनालको लोक्कल कुखुरा फारम ।

सवैले एउटै पेशा र एउटै प्रकारको व्यवसाय गर्नैपर्छ भन्ने त छैन तर लगनशिलताका साथ कार्य गरे सफल भइन्छ भन्ने प्रेरणा सवैले लिन जरुरी छ । खालि समय बस्नु भन्दा र ऋण गरेर विदेश जानुु भन्दा आफ्नै ठाउँमा केही गर्नुपर्ने उहाँको सुझाव छ ।

सानो सानो लगानीबाट कुनै व्यवसाय सुरु गर्‍यो भने सफल भइन्छ भन्ने उदारण खनाल दम्पतिले दिएको छ ।

सुन्नुहोस् अडियोः