सुर्खेत, २८ पुस (जागरण) । कर्णाली प्रदेश बैठक सकिएको २ महिना भईसक्दा पनि अझै हिउँदै अधिवेशन शुरु हुन सकेको छैन । प्रदेश सरकारले बिजनेश दिन नसक्दा हिउँदे अधिवेशन शुरु नभएको हो ।
संसद शुरु नहुँदा प्रदेशका महत्वपूर्ण कानुन निर्माण र विकासमा बाधा पुगेको प्रदेशसभा सदस्य दिल बन्धु श्रेष्ठले बताउनुभयो ।
दुई महिना अघि वसेको कर्णाली प्रदेश सभाको पहिलो र दोस्रो बैठकले १७ वटा कानुन पास गरेको थियो । जसमा अधिकांश प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुबिधा सम्बन्धी विधेयकहरु छन् ।
यता सरकारका प्रवक्ता विमला केसीले सरकारले आफ्नो गतिमा काम गरिहेको दाबी गर्नुभएको छ । उहाँले संसद संञ्चालन गर्ने विषयमा मुख्यमन्त्रीसँग पनि छलफल भईरहेको जागरणलाई जानकारी दिनुभयो ।
संसद् शुरु नहुँदा कर्णाली प्रदेशका संसद समेत काम विहीन भएर बसिरहेका छन् ।