योग दिवस विशेष

सुर्खेत, ३० पुस (जागरण) । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले योग अभ्यास गरेको छ ।
‘शान्ति र समृद्धि लागि योग’ मन्ने मुल नारासहित योग अभ्यास गरिएको हो । प्रत्येक वर्ष माघ १ गतेका दिन मनाइने योग दिवसको पूर्वसन्ध्यामा एसओएस हर्मनमाईनर स्कुल वीरेन्द्रनगरमा योग अभ्यास भएको हो ।
यसैबिच दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्री दल रावलको उपस्थितिमा आज योग अभ्यास गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।