सिम्ता गाउँपालिकाको हिउँदे अधिवेशन शुरु

सुर्खेत, ३० पुस (जागरण) । सिम्ता गाउँपालिका सुर्खेतको हिउँदे अधिवेशन शुरु भएको छ । ‘आर्थिक, सामाजिक,संस्थागत विकासका लागि पुर्वाधार सुशासनयुुक्त सिम्ता गाउँपालिकाको आधार’ भन्ने मुल नारा सहित एक कार्यक्रमको आयोजना गरी अधिवेशन शुरु भएको अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभयो ।
स्थानिय सरकार सञ्चालन ऐन अनुसार गाउँपालिकाको हिउँदे अधिवेशन कम्तीमा ७ दिन सम्म बस्ने प्रावधान छ । हिउँदे अधिवेशन शुरु भएको पहिलो दिन गाउँकार्यपालिका बैठकले ६ महिनामा गरेका १३ निर्णय अनुमोदन गरिएको छ ।
गाउँपालिकाको प्रशासनिक केन्द्र तोकिएको साविक राकम १ स्थित १ सय ४६ रोपनी क्षेत्रफलमा फैलिएको पाताचौरमा केन्द्र बनाउनका लागी जग्गा रजिष्ट्रेशन गर्न सम्पुर्ण प्रक्रिया पुरा गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
गाउँपालिकाको आर्थिक ऐनलाई संसोधन विधेययकका रुपमा सभामा पेश गर्ने निर्णय समेत गरिएको छ । अधिवेशनको पहिलो बैठकले माघ ३ गते सरोकारवालाहरुका बिच गाउँपालिकाको अर्धवार्षिक कार्यप्रगति समिक्षा गर्ने निर्णय भएको अधयक्ष केसीले जानकारी दिनुभयो ।