द्वन्द्वप्रभावितलाई न्याय दिलाउनेबारे जनताको आवाज (अडियो सहित)

सुर्खेत, १ माघ (जागरण) । शान्ती सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि सुर्खेतका द्वन्द्वपिडीतले सरकार नजिक भएको महसुस गर्न नपाएको गुनासो गरेका छन् ।
गाउँ–गाउँमा सिंहदरबारको अधिकार पु¥याउने वाचासहित बनेको स्थानीय सरकारले पनि आफूहरुको पिडालाई सम्मान नगरेको गुनासो द्वन्द्वपिडीतले गरेका हुन् ।
द्वन्द्वपिडीत साझा चौतारीले वीरेन्द्रनगरमा आयोजना गरेको द्वन्द्व पिडीत वडापत्र माथिको अन्तरक्रियामा द्वन्द्व पिडीतहरुले आफ्ना समस्यालाई तीनै तहको सरकारले प्राथमिकतामा नराखेको गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै द्वन्द्व पिडीत शान्ती ढकालले स्थानीय सरकारसँग पिडीत परिवारका लागि राहतको व्यवस्था गरिदिन माग गर्दा घृणीत व्यवहार गरेको गुनासो गर्नुभएको छ ।
यसैबिषयमा हामीले द्वन्द्वपिडितलाई न्याय दिलाउन के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ । .

प्रश्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः