काठमाण्डौँ,३ माघ (जागरण)। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आर्थिक र नीतिगत भ्रष्टाचारबारे छानविन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
प्रधानमन्त्रीस्तरीय निर्णयबाट भएको छानबिन समितिमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगका सदस्य डा. विकास अधिकारी सदस्य छन् । समितिलाई छानबिन प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्विराज भट्टले आर्थिक र नीतिगत भ्रष्टाचार गरेको आरोप छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिम विश्वविद्यालयमा दैनिक प्रशासनिक बाहेकका अन्य कुनै पनि काम नगर्न निर्देशनसमेत दिनुभएको छ ।